बागलुङको जैमिनि नगरपालिकामा गठबन्धनभित्रका राष्ट्रिय जनमोर्चा, नेपाली कांग्रेस, माओवादी केन्द्र र समाजवादी पार्टीबीच चुनावी तालमेल भएको छ।
गठबन्धन दलको सहमतिअनुसार राष्ट्रिय जनमोर्चाले मेयर र नेपाली कांग्रेसले उपमेयर पाएको छ।
नगरपालिकाको मेयरमा नरबहादुर पुन र उपमेयरमा हरिहर शर्माले उम्मेदवारी दिएका छन् भने वडा तहमा नेपाली कांग्रेसले ५ जनमोर्चाले २ वटा, माओवादीले २ वटा वडा र समाजवादीले १ वटा वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्।
उनीहरूले केही समयअघि मुख्य निर्वाचन अधिकारीको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।