घोराही उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवार नरुलाल चौधरीले प्रमुखमा र हुमा डिसीले उपप्रमुखमा उम्मदेवारी दर्ता गराएका छन्।
निर्वाचन अधिृकतको कार्यालयमा अपरान्ह ४ बजे चौधरी र डिसीले उम्मदेवारी गराएका हुन्।
०७४ सालको निर्वाचनमा २२ हजार मत प्राप्त गर्दै विजयी भएका चौधरी पुनः मेयरमा उम्मेदवारी दिएका छन्। उनले आइतबार नै उपप्रमुख सीता सिग्देल न्यौपानेलाई राजीनामा पत्र बुझाएका थिए।
एमालेबाट मेयरको पदमा सिता सिग्देल न्यौपानले दाबी गर्दै आएकी थिइन्। उनले टिकट पाउन सकिनन्।
०७४ सालको चुनावमा दोस्रो भएको नेपाली कांग्रेसलाई करिब साढे चार हजारको मतअन्तरले पछाडि पर्दै विजयी भएका चौधरीलाई यसपटक गठबन्धन भएको हुँदा चुवनाव जित्न सहज भने छैन।
को हुन मेयरमा उम्मेदवारी दिएका चौधरी?
चौधरी ०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा देशकै ठूलो उपमहानगरपालिका घोराही उपमहनगरपालिकाको मेयर बनेका थिए। पाँच वर्षे कार्यकाल सकेर उनी पुनः घोराहीकै लागि मेयरका लागि उम्मेदवार बनेका हुन्।
घोराही–२ रामपुरका चौधरी स्नातकोत्तरसम्मको अध्ययन गरेका चौधरी ०५४ सालमा रामपुर गाविसको अध्यक्षमा समेत निर्वाचित भएका थिए। उनी शिक्षकसँगै रोडियो नेपालको जागिरे जिवनसमेत विताएका छन्।
सबै जागिर छाडेर चौधरी राजनीतिमा होमिएका हुन्। पार्टीको विभिन्न जिम्मेवारी रहेका काम गरेका चौधरी हाल नेकपा एमालेको पोलिट ब्युरो सदस्य एवं दाङ जिल्ला इन्चार्ज हुन्।