काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयरमा कांग्रेसबाट दीपक रिसाल र उपमेयरमा पुनः शान्ति नेपालले उम्मेदवारी दिने भएकी छन्।
रिसाल नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर–३ का सचिव हुन्। मेयरका दाैडमा उनीसँगै नगर सभापति कुमार लामा पनि थिए।
त्यसैगरी नेपाल गाेकर्णश्वर नगरपालिकाकी वतर्मान उपमेयर हुन्।
अघिल्लो ०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा अत्याधिक मत ल्याएर विजय बनेकी थिइन्।
उनले ८ हजार ५९८ मत ल्याउँदा एमाले उम्मेदवार शान्ति श्रेष्ठले भने ८ हजार ६२ मत ल्याएर पराजित भएकी थिइन्।