कांग्रेसले टुंगो लगायाे काठमाडाैंका आठ वटा नगरपालिकामा मेयर र उपमेयर

नेपाली कांग्रेसले काठमाडाैं जिल्लाका आठ वटा नगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार टुंगो लगाएको छ। 

गोकर्णेश्वर नगरपालिकाकाे मेयरमा दीपक रिसाल, उपमेयरमा शान्ति नेपाल, कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा उपेन्द्र कार्की, चन्द्रागिरीमा प्रमुख घनश्याम गिरी, उपमेयरमा यमुनादेवी श्रेष्ठ, तारकेश्वरमा कृष्णहरि महर्जन र श्रृजना वुर्लाकोटी, दक्षिणकाली नगरपालिकामा मोहन बस्नेत र उपमेयरमा वसन्ती तामाङलाई उम्मेदवार बनाएको हाे। 

त्यसैगरी नागार्जुन नगरपालिकाको मेयरमा मोहनबहादुर बस्नेत र उपमेयरमा कल्याणी खड्का, बूढानीलकण्ठको मेयरमा विनोद चालिसे, उपमेयर बाँकी र शंकरापुर नगरपालिकामा मेयर ओम कार्की र उपमेयरमा समिता श्रेष्ठलाई उम्मेदवार उठाउने  बताइएकाे छ। 

प्रकाशित मिति: : 2022-04-25 13:08:00

प्रतिकृया दिनुहोस्