कर्णालीका आठ जिल्लामा भागबन्डा, कुन दललाई कति ?

कर्णालीमा सत्ता गठबन्धनको बैठकले आठवटा जिल्लामा भागबन्डा टुंगाे लगाएकाे छ। यद्यपी सुर्खेत र रुकुमपश्चिमको भागबन्डाको टुंगाे लगाउन भने बाँकी नै छ।

आठ जिल्लाको विवरणअनुसार माओवादी केन्द्रले प्रमुख/उपप्रमुख गरी ५१, कांग्रेसले ४७ र एकीकृत समाजवादीले २९ वटा पाएको छ। डोल्पामा माओवादीले तीन प्रमुख र दुई उपप्रमुख, का‌ंग्रेसले एक प्रमुख र तीन उपप्रमुख र समाजवादीले चार प्रमुख र तीन उपप्रमुख पाएको छ।

जाजरकोटमा माओवादी र कांग्रेसले प्रमुख/उपप्रमुखमा ३/३ र समाजवादीले एक प्रमुख र एक उपप्रमुख भाग पाएको छ। दैलेखमा सबैभन्दा धेरै कांग्रेसले पाएको छ।

कांग्रेसले प्रमुखमा ६ र उपप्रमुखमा ५ पाएको छ।  माओवादी केन्द्रले दुई प्रमुख र चार उपप्रमुख पाएको छ भने समाजवादीले तीन प्रमुख र दुई उपप्रमुख पाएको छ।

मुगुमा माओवादीले प्रमुख/उपप्रमुख एक एक र कांग्रेसले दुई दुई पाएको छ। एकीकृत समाजवादीले पनि एक एक पाएको छ। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको गृह जिल्ला हुम्लामा माओवादीले पाँचवटा प्रमुख पाउँदा कांग्रेसले भने तीनवटामा चित्त बुझाएको छ भने समाजवादीले तीनवटा उपप्रमुखमा मात्र चित्त बुझाएको छ। उपप्रमुख भने माओवादी र कांग्रेसले दुई दुईवटा पाएका छन्।

एकीकृत समाजवादीका प्रदेश इञ्चार्ज प्रकाश ज्वालाको गृह जिल्ला सल्यानमा कांग्रेस/माओवादीले चार चार प्रमुख पाउँदा समाजवादीले दुईवटा प्रमुख र दुईवटै उपप्रमुखमा चित्त बुझाएको छ। माओवादीले उपप्रमुखमा पाँँचवटा पाउँदा कांग्रेसले तीन वटा पाएको छ। जुम्लामा का‌ंग्रेसले चारवटा प्रमुख पाउँदा माओवादीले तीनवटा प्रमुख पाएको छ।

माओवादीले पाँच वटा उपप्रमुख पाएको छ भने कांग्रेसले दुईवटामा चित्त बुझाएको छ। समाजवादीले जुम्लामा पनि एक एकवटामा चित्त बुझाएको छ।  कालिकोटमा माओवादीले प्रमुख उपप्रमुखमा नै धेरै लिएको छ। प्रमुख पाँच लिँदा उपप्रमुख चारवटा माओवादीले लिएको छ । का‌ंग्रेसलाई दुई प्रमुख र तीन उपप्रमुख पाएकाे छ। एकीकृत समाजवादीले दुई प्रमुख पाएको छ भने दुई नै उपप्रमुख पाएको छ। हेमन्त केसी 

प्रकाशित मिति: : 2022-04-25 11:39:00

प्रतिकृया दिनुहोस्