काठमाडाैँ महानगरपालिकाकाे मेयर पदका लागि हालसम्म १२ जनाले उम्मेदवारी दिएका छन्।
आज बिहानदेखि सुरू भएकाे दर्ता प्रक्रियामा दिउँसाे ३ बजेसम्म १२ जनाले उम्मेदवारी दिएकाे राष्ट्रिय सभा गृहस्थित मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले बिएल नेपाली सेवालाई जानकारी दिएकाे छ।
जसमा ५ जना स्वतन्त्र र ३ जना महिला उम्मेदवार रहेका छन्।
त्यस्तै उपमेयरमा ५ जनाकाे उम्मेदवारी दर्ता भएकाे छ।