दाङकाे एक मस्जिदमा अपरिचित व्यक्तिको समूहबाट आक्रमण भएको छ।
आक्रमणमा परी ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
लमहीस्थित मुस्लिम समुदायले सुनन्त फैजाने रजा मस्जिदमा नमाज पढिरहेको बेला अपरिचित समूहले आक्रमण गरेकाे हो।
झपडको क्रममा ८ जना घाइते भएको र उनीहरू थप बुटवलतिर लागेका छन्। नवाज पढिरहेको बेला मस्जिदकै अर्को समूह आएर वर्तमान अध्यक्षले राजीनामा दिनुपर्ने अडान राखेको थियो। तर, अध्यक्ष राजीनामा नदिने अडान लिएपछि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए।