भक्तपुरमा बिस्केट जात्राको रथको पाङ्ग्राले चेपिएर एक वृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा सूर्यविनायक नगरपालिका-५ का ७१ वर्षका दुर्गामान कस्पाल रहेका छन्।
सोमबार साँझ गहिटीबाट बंशगोपाल तर्फ लैजाँदै गरेको रथ नासमाना चोकमा पुग्दा पाङ्ग्राले चेपेको हो।
रथको पांग्राले चेपेर गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।