रुकुम पश्चिममा एक जना महिलाको निसास्सिएर मृत्यु भएको छ। बुधबार बिहान मुसीकोट नगरपालिका-६ कानेबाङ निवासी ६० वर्षिया पम्फा बोहराको सुतिरहेको बेला धुवाँमा निसास्सिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका रुकुम पश्चिमले जनाएको छ।
कोठाबाट धुवाँको मुस्लो निस्किएपछि छोरा केशरमान बोहराले ढोका खोली हेर्दा आमाको मृत्यु भइसकेको फेला पारेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार छोराले ढोका खोलेर हेर्दा आमाको दाहिने हातका ५ वटा औँला जलेको र सिरानी जलिरहेको थियो।
धुवाँको मुस्लो धेरै भएकोले निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।