नेपालमा दुई वायुकाे प्रभाव, वर्षाकाे सम्भावना

File Photo
File Photo

हाल नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

बिहान पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ। गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भएको छ।

दिउँसो प्रदेश १ को पहाडी भूभागका केही  र बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। 

राति प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र मधेस प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएकाे छ।

आइतबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभाग र मधेस प्रदेशका  केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र अन्य प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने ठानिएकाे छ।

प्रकाशित मिति: : 2022-04-09 07:55:00

प्रतिकृया दिनुहोस्