महोत्तरीमा २४ सय ७६ म्यादी प्रहरी भर्ना

File photo
File photo

आसन्न स्थानीय तहको निर्वाचनको लागी महोत्तरीमा २४ सय ७६ जना म्यादी प्रहरी छनोट गरिएको छ।

८ हजार ५५ जनाले दिएको आवेदन मध्य २४ सय ७६ जनालाई छनोट गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

कूल आवेदन मध्य ८ सय जना महिला र बाँकी पुरुषले आवेदन दिएका थिए। ८ सय जना  महिलाहरूको आवेदनमा ४ सय ९८ जना महिलालाई  छनोट गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिए।

मापदण्डअनुसार छनोट भएका १९ सय ७८ जना पुरुष र ४ सय ९८ जना महिलाहरूलाई भोलिबाट तालिममा सहभागी गराउने जिल्ला प्रहरी कार्यालयले जनाएको छ। विशाल बस्नेत 

 

प्रकाशित मिति: : 2022-04-08 21:09:00

प्रतिकृया दिनुहोस्