अर्थमन्त्रीको जिम्मेवारी प्रकाश रावललाई दिइँदै

File photo
File photo

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री पनि फेरिने भएका छन्। हाल एकीकृत समाजवादी पार्टीबाट तारालामा तामाङ आर्थिक मामिला तथा योजना मन्त्री रहेका छन्।

तर, अब उनको सट्टामा एकीकृत समाजवादी पार्टीकै प्रदेशसभा सदस्य प्रकाश रावललाई सो मन्त्रालयको जिम्मेवारी दिन लागिएको श्रोतले जनाएको छ।

एकीकृत समाजवादी पार्टीले बहालवाला आर्थिक मामिला तथा योजना मन्त्री तारालामा तामाङलाई राजीनामा समेत दिन लगाएको छ।

नयाँ मन्त्री हुन लागोका प्रकाश रावल यसअघि उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री भएका थिए। तर, भ्रष्टाचार अभियोग लागेपछि उनले राजीनामा दिएका थिए। मोहन जोशी 

 


 

प्रकाशित मिति: : 2022-04-08 19:36:00

प्रतिकृया दिनुहोस्