व्यास नगरपालिका–१२ देउरालीमा लु.७० प १७१९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६२ वर्षीय नन्द गोपाल कार्की छन्। उनको शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको रत्नहरी अस्पताल दमौली हुँदै मणिपाल अस्पताल पोखरामा थप उपचारको क्रममा मृत्यु भएको हो।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।