आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि सुर्खेतमा पनि पाँच दलीय गठबन्धन बनेको छ। बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको सुर्खेतले पनि पाँच दलीय गठबन्धन गरेर निर्वाचनमा होम्मिने निर्णय गरेको हो।
बिहीबार पाँच दलले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै सुर्खेतमा रहेका नौ वटै पालिकामा गठबन्धन बनाएर निर्वाचानमा होम्मिने प्रतिवद्धता जनाएका छन्।
सुर्खेत जिल्लाका नौ वटै पालिका, कार्यपालिका सदस्य र जिल्ला समन्वय समितिमा समेत तालमेल गरि जाने निर्णय गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
यस्तै, गठबन्धनको मूल मर्मअनुसार अघि बढन कायकर्तालाई निर्देशन समेत दिइएको छ।
विज्ञप्तिमा नेकपा (एकीकृत समाजवादी)बाट मोहन बडुवाल, नेपाली काँग्रेसबाट जिल्ला सभापति खड्क पोख्रेल, नेकपा (माओवादी केन्द्र) बाट जिल्ला इन्चार्ज झकबहादुर मल्ल, राष्ट्रिय जनमोर्चाबाट गोविन्द सुवेदी र जसपाबाट टोपबहादुर दर्लामीले संयुक्त रूपमा जारी विज्ञिप्तिमा हस्ताक्षर गरेका छन्।