ललितपुरमा कारको ठक्करबाट बालकको मृत्यु

ललितपुरको लुभुमा बुधबार साँझ कारको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा रामेछापका दुई वर्षीय बालक आर्यन पुरी रहेका छन्। 

पैदल हिडीरहेका बालकलाई घारले ठक्कर दिएको थियो। कारको ठक्करबाट घाइते बालकको उपचारको क्रममा ईमाडोल स्थित किष्ट मेडिकल कलेजमा शनिबार साँझ सवा ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। 

बा १६ च ३६८७ नम्बरको कारले सडकमा खेल्दै गरेका बालकलाई हिजो साँझ साढे ५ बजे ठक्कर दिएको थियो। कार सहित चालक महानगरिय प्रहरी वृत्त सातदोबाटोको नियन्त्रणमा रहेका छन्।

प्रकाशित मिति: : 2022-04-07 11:19:00

प्रतिकृया दिनुहोस्