गाेरखाकाे बाह्रकिलाेमा हाेटल व्यावसायीकाे कुटपिटबाट दलित महिलाकाे मृत्यु

फाइल तस्विर
फाइल तस्विर

गाेरखामा कुटपिटबाट एक दलित महिलाकाे मृत्यु भएकाे छ। गाेरखा नगरपालिका- ११ स्थित बाह्रकिलाे कि ३६ वर्षीया फूलमाया परियारकाे पसल व्यावसायी दुर्गा आलेकाे कुटपिटबाट मृत्यु भएकाे हाे।

चैत १७ गते साँझ फूलमायाकी छाेरीले आफ्नाे पसल (हाेटल)बाट चिसाे (पेय पदार्थ) चाेरेर खाएकाे भन्दै आलेले आमा फूलमायामाथि निर्घात कुटपिट गरेका थिए। १७ गते साँझ ९ बजे व्यावसायी आलेकाे कुटपिटबाट घाइते भएकी फूलमाया दुई दिनसम्म घरबाहिर निस्कन नसकेपछि स्थानीयले साेध/खाेज गर्दा अर्धचेत अवस्थामा घरभित्र भेटेका थिए।

उनलाई २० गते स्थानीयले गाेरखा जिल्ला अस्पताल पुर्‍याएका थिए। तर, व्यावसायीकाे कुटाई थलिएकी उनलाई त्यहाँ उपचार गर्न नसकिने भन्दै भरपुर रिफर गरेकाे थियाे। तथापि, आर्थिक अवस्था कम्जाेर भएकाे कारण उनकाे उपचार कसले गर्ने भन्नेबारे छलफलमै एक दिन गाेरखामै राखिएकाे थियाे। भाेलिपल्ट भरतपुर पुर्‍याइएकी उनकाे त्यही मृत्यु भएकाे आफन्तले बताएका छन्।

२२ गते मृत्यु भएकी उनलाई हिजाे (बुधबार) गाेरखा ल्याइएकाे छ। तर, पीडकलाई कारबाही नगरेसम्म शव नबुझ्रने अढान स्थानीयले राखेपछि महिलाकाे शव अहिले जिल्ला अस्पताल गाेरखामा राखिएकाे छ।

कुटपिट गर्ने आलेलाई कारबाही नगरेसम्म शव नबुझ्ने स्थानीयले बताएका छन्। तथापि, प्रहरीले भने कारबाहीकाे लागि कुनै प्रमाण नभएकाे भन्दै टार्न खाेजेकाे स्थानीयकाे आराेप छ।

प्रहरीले भने अहिलेसम्म जाहेरी नपरेकाले कारबाही प्रक्रिया अगाडि बढाउन नसकेकाे बताएकाे छ।

प्रकाशित मिति: : 2022-04-07 08:36:00

प्रतिकृया दिनुहोस्