थाहा पाउनुहाेस् आजकाे माैसम

हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। बिहान पहाडी भू-भागमा आंशिक बदली छ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने आँकलन माैसम पूर्वानुमान महाशाखाले गरेकाे छ।

प्रदेश १ को पहाडी भू-भागका केही स्थान तथा बागमती र गण्डकीका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना पनि छ।

शुक्रबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना  छ।

प्रकाशित मिति: : 2022-04-07 07:20:00

प्रतिकृया दिनुहोस्