बानामा मिश्रित परिणाम: सुवोध प्यानलका ८, हिरा प्यानलका ४ विजयी

बिएल संवाददाता

बाल्टिमोर, अमेरिका

अमेरिकाको बाल्टिमोरमा बसाोबास गर्ने नेपालीहरूको संस्था 'बाना' को आइतबार सम्पन्न निर्वाचनमा मिश्रित परिणाम आएको छ। सुबोध पन्त  र हिरा गुरूङ प्यानलबीच भएको चुनावी भिडन्तमा अध्यक्ष, महासचिव, कोषाध्यक्ष र ५ बोर्ड अफ डाइरेक्टरसहित ८ पदमा सुबोध समुह विजयी भएको छ भने हिरा समुह बरिष्ठ उपाध्यक्षसहित तीन बोर्ड अफ डाइरेक्टर गरी ४ पदमा विजयी भएको छ।

२२६३ मतदातामध्ये १४२२ मतदाताले मतदना गरेका थिए । खसेका मतमध्ये १० बदर भएको, दुई हराएको र १४१० मत सदर भएको जनाइएको छ। 

अध्यक्षमा विजयी सुबोध विलास पन्तले वर्तमान कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष रहेका हिरा गुरूङलाई ७६ मतले पछाडि पार्दै जीत निकालेका हुन्। पन्तले ७३३ मत पाउँदा गुरुङले ६५७ मत पाएको निर्वाचन परिणाममा उल्लेख छ। 

यसैगरी वरिष्ठ उपाध्यक्षमा हिरा प्यानलकी लक्ष्मी भारतीले सुवोध प्यानलका अनिल गोदारलाई पराजित गरिन् । भारतीले ७१२ मत पाउँदा गोदारले ६४५ मत पाए।

महासचिवमा सुबोध प्यानलका सागर घिमिरे विजयी भए। उनले ७७३ मत पाए भने हिरा समुहका उदय भट्टराईले ५५८ मत पाए। सागरले यो निर्वाचनको पदाधिकारीतर्फ  सबैभन्दा लोकप्रिय मत पाए भने उनले आफ्ना प्रतिस्पर्धीलाई ठूलो अन्तरले पनि पराजित गरे। उनीहरूको मतान्तर २१५ मतको रह्यो ।

यसैगरी कोषाध्यक्षमा पार्वती सिंह 'ऋचा' विजयी भइन् । उनले ६५३ मत पाउँदा उनका प्रतिस्पर्धी महेश खड्काले ६४५ मत पाए। उनीहरू बीचको मतान्तर भने ८ मतको मात्र रह्यो। 

कार्यसमितिको ८ जना बोर्ड अफ डाइरेक्टरमा यमुना घिमिरे - ८०२, ईशा गुरुङ- ७५६, भुपेन्द्र गुरुङ्- ७४९, सरु विश्वकर्मा- ७४९, सन्तोष घिमिरे - ६९१, खिम ब मश्राङी - ६८७, बसन्त बस्नेत - ६७७ र श्याम कृष्ण कोइराला- ६६० विजयी भए।

पराजित बोर्ड अफ डाइरेक्टरमा राजु रामदाम -६५९, , सुशन मानन्धर - ६५२, तुल्सिराम तिवारी (शिशिर) - ६३६, उमाकान्त शर्मा (रमेश) - ६४८ र प्रेम बहादुर कमली -६०४ रहे। 

विजयी बोर्ड अफ डाइरेक्टरमा यमुना घिमिरे, भुपेन्द्र गुरुङ्, सरु विश्वकर्मा,  खिम ब मश्राङी र श्याम कृष्ण कोइराला सुबोध समुहका हुन् भने इशा गुरुङ, सन्तोष घिमिरे र वसन्त बस्नेत हिरा समुहका हुन्। 

यो चुनावमा सबैभन्दा लोकप्रिय मत बोर्ड अफ डाइरेक्टरमा विजयी यमुना घिमिरेले पाइन् । उनले १४२२ मतमध्ये ८०२ मत पाएकी थिइन्। 

प्रकाशित मिति: : 2022-04-04 23:10:00

प्रतिकृया दिनुहोस्