नरैनापुरको कृष्णनगरमा आगलागी १५ घरगोठ जलेर नष्ट

बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ४ को कृष्णनगरमा सोमबार दिउँसो भीषण आगलागी भएको छ।सो आगलागीमा परेर करिब १५ घरगोठ र ४ वटा बाख्रा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भोजपुर नरैनापुरले जनाएको छ। 

इलाका प्रहरी कार्यालय भोजपुरका इन्चार्ज प्रहरी निरीक्षक वसन्त गौतमले दिएको जानकारी अनुसार वडा नम्बर ४ को घोडदौरिया नजिकैको कृष्णनगरमा सोमबार दिउँसो साढे ३ बजे आगलागी भएको हो। करिब डेढ घण्टापछि आगलागी नियन्त्रणमा आएको छ। 

प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसकर्मी, स्थानीय र नरैनापुर गाउँपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरी निरीक्षक गौतमले जानकारी दिए। आगलागीबाट कुनै प्रकारको मानवीय क्षति हुन नपाएको र घट्नाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित मिति: : 2022-04-04 17:53:00

प्रतिकृया दिनुहोस्