गत २४ घण्टामा थप ३३ जनामा कोरोना सङ्क्रमण

File Photo
File Photo

कोरोना भाइरसको सङ्क्रमण ३३ जनामा देखिएकोे छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा पाँच हजार ५९ जनामा कोरोना परीक्षण गर्दा ३३ जनामा सङ्क्रमण देखिएको हो। 

मन्त्रालयका अनुसार सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ८४२ पुगेकामा पछिल्लो समय ८९ जना निको भएर घर फर्किएका छन्। योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६५ हजार ७१४ पुगेको छ। निको हुने दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन। शून्य सङ्क्रमित जिल्लाको सङ्ख्या १८ पुगेको छ। मन्त्रालयका अनुसार ती जिल्लामा इलाम, सोलुखुम्बु, भोजपुर, चितवन, नुवाकोट, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, पूर्वरुकुम, रुपन्देही, सल्यान, जाजरकोट, जुम्ला, डोल्पा, मुगु, हुम्ला र बाजुरा छन्। 

नेपालमा कोराना सङ्क्रमण दर १७ दशमलव छ  प्रतिशत छ।

हाल होम आइसोलेसनमा ८०६, संस्थागत आइसोलेसनमा ३६, आइसियुमा १५ र भेन्टिलेटरमा दुई जनाको उपचार भइरहेको छ। विगत २४ घण्टामा ६० हजार ७२ जनाले खोप लगाएका थिए।

प्रकाशित मिति: : 2022-04-04 16:22:00

प्रतिकृया दिनुहोस्