जाजरकोटमा जातिय भेदभावका कारण एमाले नेताबाट कुटिए नेपाली

Dalit Online
Dalit Online

 नेकपा एमाले जाजरकोट जिल्ला कमिटी सदस्यले जातिय भेदभावका कारण एक जनालाई निर्घात रुपमा कुटपिट गरेका छन्।

छेडागाड नगरपालिका वडा ८ का स्थानीय सत्यानारायण गिरीले जातीय आधारमा गालीगौलज गर्दे टोली गाउँका लालबहादुर नेपालीलाई आइतबार साँझा कुटपिट गरेका हुन्।  

कुटिएका नेपालीको मुख, नाकलगायत हातहरुमा चोट लागेको छ। 

गिरीलगायत उनका भाईहरुको समूहले लालबहादुरको कपडासमेत च्यातेर फ्यालिदिएका छन्। 

कुटिएका लालबहादुर नेपाली कांग्रेसका कार्यकर्ता हुन्। 

उनकाअनुसार आफूले राजनीतिक प्रतिशोध नभई जातिय भेदभावका कारण कुटाई खाएको हो। 

 

प्रकाशित मिति: : 2022-04-04 12:25:00

प्रतिकृया दिनुहोस्