हिजो काँग्रेस कहाँ चुक्यो, समीक्षा भइरहेको छ: महामन्त्री  शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विश्वसामु नेपालको विश्वसनीयता  गुम्न नदिन सरकारले अमेरिकी मिलेनियम सहयोग कर्पोरेसन सम्झौता (एमसीसी) पास  गराएको  बताएका छन्। 

झापाको धुलावारीमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै  महामन्त्री शर्माले यस्तो बताएका हुन्। 

'नेपालको   परराष्ट्र   नीति   सन्तुलित  राख्न  एमसीसी  पास  गर्नैपर्ने  थियो।  नेपाल  कुनै  पनि  देशसँग  नजिक  भएर  अर्को  देशलाई  पिठ्युँ  देखाउने  राष्ट्र  होइन, शर्माको भनाई थियो । त्यसैले  नेपालले  चीनले  अगाडि  बढाएको  एक  क्षेत्र  एक  मार्ग  परियोजना  (बीआरआई)  सम्झौतामा  सहमति  गर्यो।'

 केही  दलका  नेताले  एमसीसी  सम्झौताले  नेपालमा  पनि  युक्रेन  र  रुसबीच  जस्तै  युद्धको  सम्भावना  रहने  भनेर  गरेको  टिप्पणीप्रति  लक्षित  गर्दै  शर्माले  भने,  'हाम्रो  परराष्ट्र  नीति कतै टाँसिने र कतै टाढिने छैन।'

शर्माले  विगतमा  एउटा  चुनाव  जित्ने  र  अर्को  चुनाव  हार्ने  काँग्रेसको  कथा  रहेको  उल्लेख  गर्दै  अब  तीनवटा  चुनाव  लगातार  जितेर  सुशासन  दिने  दाबी  गरे।

शर्माले  विगतदेखि  वर्तमानसम्म  आइपुग्दा  किन  पूरै  अवधि  सरकार  चलाउन  पार्टीहरू  असक्षम  छन् भन्ने कुराको काँग्रेसले अध्ययन गरिरहेको धारणा राखे।

हिजो  काँग्रेस  कहाँ  चुक्यो,  कमजोरी  कहाँ  भयो,  त्यसको  मूल्याङ्कन  र  समीक्षा  भइरहेको  बताउँदै  महामन्त्री   शर्माले   अब   काँग्रेसले   गल्ती   कमजोरी   नदोहोर्याउने उल्लेख गरे।

प्रकाशित मिति: : 2022-04-04 10:27:00

प्रतिकृया दिनुहोस्