नेपालमा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
६ हजार ९ सय ९ नमुनाको परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६६ जना कोरोनामुक्त भएका छ्न्।
हाल नेपालमा ८ सय ९९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा थप ३० हजार ४४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।