परराष्ट्रमन्त्री डा.नारायण खड्का र चीनका विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो।
नेपाल–चीन द्विपक्षीय बैठक सुरु हुनुअघि दुई देशका परराष्ट्रमन्त्री भेटवार्ता गरेका हुन्।
चिनियाँ विदेशमन्त्री वाङ नेपालको तीन दिने भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौं आइपुगेका हुन्।