आफूलाई सामाजिक अभियान्ता बताउने आशिका तामाङलाई जिल्ला अदालत भक्तपुरले २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ।
शुक्रबार न्यायाधीश सन्तोषप्रसाद पराजुलीको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। उनलाई सूर्यविनायक नगरपालिकाका नगर प्रहरी प्रमुख विरबहादुर अधिकारीले आपराधिक उपद्रवसम्बन्धी कसुरमा उजुरी दिएका थिए।
केही महिनाअघि तामाङको टोलीले साँंगास्थित महादेव मन्दिर नजिकको झोलुंगे पुलबाट यात्रा गर्दा कर उठाएको विरोधमा कर रसिद जलाएका थिए।