दाङ घोराही–लमही सडक खण्ड दैनिक ९ घण्टा बन्द हुने

दाङको घोराही लमही सडकखण्ड दैनिक ९ घण्टा बन्द हुने भएको छ।

सडक डिभिजन कार्यालय दाङले एक सूचना निकालेर फागुन २२ गतेदेखि ३० गतेसम्म दैनिक ९ घण्टा बन्द हुने जनाएको छ।

सडक मर्मत गर्नुपर्ने भएकाले बेलुका ७ बजेदेखि बिहान ४ बजेसम्म गाडी चलाउन पूर्णरुपमा बन्द गरिएको सडक डिभिजन कार्यालयका प्रमुख रामपुकार जैसवालले जानकारी दिए।
 

प्रकाशित मिति: : 2022-03-03 08:11:00

प्रतिकृया दिनुहोस्