बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका वडा नं. ४ सैनवार बस्ने ४१ वर्षीया लिली चौधरी रहेकी छिन्।
प्रहरीका अनुसार चौधरी मंगलबार साँझ साढे ८ बजे घरबाट करिब ६० मिटर पूर्व बर्दिया राष्ट्रिय निकुञ्जको मध्यबर्दि क्षेत्र नजिकै गएकी थिइन्। सोही समयमा उनलाई बाघले आक्रमण गरेपछि उनी चिच्याएकी थिइन्।
चिच्याइरहेकी चौधरीलाई स्थानीयले बाघबाट छुटाएका थिए। स्थानीयले बाघबाट छुटाएर घाइते भएकी उनलाई उपचारका लागि भुरिगाँउ असिम अस्पतालमा लगिएकोमा ९ बजे बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।