पुरानाे बानेश्वरबाट ३६ जना चिनियाँ नागरिक पक्राउ

फाइल तस्विर: सिंहदरबार अगाडिबाट पक्राउ परेका चिनियाँ नागरिक।
फाइल तस्विर: सिंहदरबार अगाडिबाट पक्राउ परेका चिनियाँ नागरिक।

काठमाडौँको पुरानो बानेश्वरबाट प्रहरीले ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसरबाट खटिएकाे टाेलीले साेमबार राति उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूलाई अवैध कल बाइपासमा संलग्न भएकाे आरोपमा पक्राउ गरिएकाे महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदीप गिरीले जानकारी दिएका छन्। 

उनीहरू बारे थप अनुसन्धान भइरहेकाे छ।

प्रकाशित मिति: : 2022-02-22 10:23:00

प्रतिकृया दिनुहोस्