शुक्लागण्डकी नगरपालिका–९ घारीमा नगरपालिकाले छाडा पशु चौपायको व्यवस्थापनका लागि गौँ संरक्षण केन्द्र स्थापना गरेको छ।
गौँ संरक्षण केन्द्रमा नगरभरका छाडा गाई र गोरुलाई लगेर संरक्षण गरिन्छ। तर, विभिन्न रोगबाट ग्रसित गाईगोरुको मृत्यु भएपछि त्यसलाई गिद्धले आहारा बनाउने गरेको छ।
हिउँदको समयमा चिसोको कारण बढी गाई गोरु मर्ने गर्दछन्। तिनै मरेका गाई गोरुलाई आहारा बनाउन पाउने भएपछि घारी आसपासका क्षेत्रमा गिद्धको संख्या बढेको छ। सोमबार गौ संरक्षण केन्द्रभित्रै एउटा गाई मरेको थियो। मरेको त्यही गाईलाई गिद्धले आफ्नो आहारा बनाईरहेका थिए। र, गाई गोरुले चौरमा उम्रन थालेका घाँसलाई आहारा बनाईरहेको देखिन्थ्यो। यहाँ गौँ संरक्षण त भएको छ नै गिद्धको पनि संरक्षण भएको छ।