दाङमा ट्रकको ठक्कबाट मोटरसाइक चालकको मृत्यु भएको छ।
घोराही लमही सडकखण्ड अन्तरगत घोराही उपमहानगरपालिका ३ भानुचोकमा ट्रकले मोटरसाइकलालई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेशप्रसाद काफ्ले जानकारी दिए।
उनका अनुसार मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नं ३ कुइरेपानी निवासी १९ वर्षीय अर्जुन खडका रहेका हुन्।
साेमबार बिहान पौने ७ बजे कुइरेपानीबाट घोराहीतर्फ आउँदै गर्दा खड्का सवार रा२ प ८९२४ नम्बरको मोटरसाइकललाई लमहीतर्फ जाँदै गरेको प्रदेश नं १०२००१ ख ९४०४ नम्बरको ट्रकले ठक्कर दिएको थियो।
ट्रकको ठक्करबाट खड्को मृत्यु भएपछि स्थानीय र मृतक खड्का आफन्तीले सडकखण्ड अबरुद्धसमेत गरेका थिए। त्यस समयमा स्थानीय र प्रहरीबीच झडप भएको थियो।
स्थानीयहरुले प्रहरीमाथि ढुङ्गा मुडा प्रहार गरेपछि प्रहरीले दर्जनौँ बढी अश्रु ग्यास प्रहारसमेत गरेको थियो। अहिले स्थिति सामान्य भएको र सडक खुलेको प्रहरी प्रमुख काफ्लले बताए। पीडित पक्षलाई कानुनअनुसार क्षतिपूर्ति दिने सहमति पछि सडक खुलेको उनले बताए।
प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ भने मृतक खड्को शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।