नेपाली दूतावास दोहाले मनायाे प्रजातन्त्र दिवस  

नेपाली दूतावास दोहाले कोरोना सतर्कताकाबीच दूतावास परिसरमा ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ। 

दूतावास परिवार सहभागी रहेको उक्त कार्यक्रममा राष्ट्रिय गान बजाउनुका साथै झण्डोत्तोलन र शहीदहरुप्रति मौन धारण व्यक्त गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत लक्ष्मण खनालले देशलगायत विदेशमा रहेका सम्पूर्ण नेपालीहरु शुभकामना व्यक्त गरेका थिए। 

प्रकाशित मिति: : 2022-02-19 22:15:00

प्रतिकृया दिनुहोस्