नव आदर्श सामुदायिक विकास संस्थाको खुल्ला रक्तदानमा ४५ युनिट रगत संकलन

नव आदर्श सामुदायिक विकास संस्थाको खुल्ला रक्तदानमा ४५ युनिट रगत संकलन भएको छ।

हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवसका दिन संस्थाले खुल्ला रक्तदान गर्दै आएको छ।

७२ औं प्रजातन्त्र दिवसको दिन संस्थाले २२ औं रक्तदान कार्यक्रम आयोजना गरेको संस्थाका अध्यक्ष रेश्मा शेरचन अधिकारीले बताइन्।

कास्की जिल्लामा रगतको अभाव भइरहेको बेला नव आदर्श सामुदायिक विकास संस्था लामाचौर पोखराले गरेको रक्तदान कार्यक्रमबाट थप टेवा मिलेको रक्तसंचार केन्द्र पोखराले बताएको छ।

संस्थाका पूर्व सल्लाहकार समेत रहेका आइ।एन। एफ नेपालका कार्यकारी निर्देशक कृष्ण बहादुर अधिकारीले प्रमुख अतिथिको आशनबाट पहिलो रक्तदाता एवम् संस्थाका पूर्व अध्यक्ष वुद्धिबहादुर खत्री क्षेत्रीलाई ब्लड व्याग हस्तान्तरण गर्दै रक्तदान कार्यक्रमको उद्घाटन भएको थियो।

क्षेत्रीले संस्थाको कार्यक्रममा १८ औं पटकको रक्तदान गरिसकेका छन् भने पूर्व अध्यक्ष नविन अधिकारीले संस्थामा २१ पटक रक्तदान गरिसकेको बताइएको छ।

२०५४ भाद्र ८ गते पोखराको लामाचौरमा स्थापना भएको नव आदर्श सामुदायिक विकास संस्था सामाजिक क्षेत्रमा जिल्लामै उत्कृष्ट बन्न सफल भएको छ।

स्वास्थ्य, शिक्षा, सुरक्षा देखि संस्कृतिको जगेर्नामा कृयाशिल रहँदै आएको संस्थाले बर्षेनी प्रभावकारी सेवामा कोशेढुंगा बन्न पुगेको छ। स्थापनाको २४ वर्ष पछि क्लबको नेतृत्व महिला सामाजिक व्यक्तित्व रेश्मा शेरचनले गरेकी छिन्।

रक्तदान कार्यक्रममा सह आयोजकमा युवा रेडक्रस सर्कल गण्डकी बोर्डिङ स्कूल, जुनियर रेडक्रस सर्कल इन्द्र राज्य लक्ष्मी मा.वि. लामाचौर र एल।सी। व्रदर्श र ह्याप्पी क्लव पश्चिमाञ्चल क्याम्पसको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो।

संस्थाका अध्यक्ष रेश्मा शेरचन अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन सचिव थिरबहादुर थापाले गरेका थिए।

आकस्मिक सेवा उपसमितिका संयोजक राजु सुनारको सक्रियतामा भएको कार्यक्रममा विशेष अतिथी शिक्षा सेवी सुरेन्द्र मानसिंह भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

प्रकाशित मिति: : 2022-02-19 20:56:00

प्रतिकृया दिनुहोस्