नेवाका वरिष्ठ स्वच्छता तथा सरसफाई सहजकर्ता बिष्ट पुरस्कृत 

नेपाल स्वास्थको लागि पानी (नेवा)ले वरिष्ठ स्वच्छता तथा सरसफाई सहजकर्ता केशव बिष्टलाई पुरस्कृत गरेको छ। 

सिन्धुलीको मरिण गाउँपालिकामा कार्यरत बिष्टलाई बिहीबार नेवाको केन्द्रीय कार्यालयले केस स्टडी लेखन वार्षिक विजेताका रुपमा प्रमाणपत्र र नगदसहित पुरस्कृत गरेको हो। 

नेवाले आयोजना गरेको केस स्टडी लेखनमा प्रथम भएपछि उनी पुरस्कृत भएका हुन्। मोरङ घर भएका बिष्ट विगत १० वर्ष यता निरन्तर नेवामा कार्यरत छन्। 

२०४९ सालमा स्थापना भएको नेवाले विभिन्न विदेशी संघसंस्थाको आर्थिक सहयोग र स्थानीय सरकारको साझेदारीमा हाल बागलुङ, सिन्धुली र काभ्रेमा खानेपानी र सरसफाइको क्षेत्रमा काम गर्दै आइरहेको छ।

प्रकाशित मिति: : 2022-02-17 21:47:00

प्रतिकृया दिनुहोस्