चैते धानको बिक्री गर्ने जिम्मा सरकारले लिनुपर्छः मन्त्री बराल

File photo
File photo

गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले किसानले उत्पादन गरेको चैते धान बिक्रीको जिम्मा सरकारले लिनुपर्ने बताएका छन्। 

अर्थ मन्त्रालयले बिहिबार नवलपुरको कावासोतीमा आयोजना गरेको बजेट कार्यान्वय र आर्थिक अनुशासन सम्बन्धि अन्तरक्रिया एवं छलफल कार्यक्रममा वोल्दै मन्त्री बरालले यस्तो बताएका हुन्।

छलफलको क्रममा नवलपुरमा किसानले उत्पादन गरेको चैते धान बिक्री गर्ने मुख्य समस्या भएको कुरा सार्वजनिक भएसंगै मन्त्री बरालले किसानले दुःख सुख्ख गरेर उत्पादन गरेको धानको बिक्री वितरण गर्ने जिम्मा सरकारले लिई किसानलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन्।

उनले भने, 'तीन तहका सरकार मध्य कुनै एक सरकारले किसानले उत्पादन गरेको धानको बिक्री गर्ने जिम्मा लिनुपर्छ।' यस चालु आर्थिक बर्षमा ८५ प्रतिशत बजेट खर्च गर्नुपर्ने मन्त्री बरालले बताए। 

बजेट कार्यान्वयनमा केन्द्रित हुन कर्मचारीलाई निर्देशन दिदै मन्त्री बरालले विभागिय मन्त्रालयमा पहिलो समस्या राख्न आग्रह गर्दै थप समस्या भए सिधै अर्थ मन्त्रालयमा समन्वय गर्न आग्रह गरे संघियताको अभ्यासमा धेरै कुराको अभावको बाबजुत अब बजेट कार्यान्वयनको विकल्प नभएको मन्त्री बरालले बताए।

संघ सरकारको बजेटले मात्र प्रदेश सरकार चलाउनसको कुनै बहादुरीता नभएको उल्लेख गर्दै मन्त्री बरालले प्रदेशले आफ्नो आन्तरिक श्रोत वृद्धि गर्नैपर्ने अवस्था रहेको बताए।

प्रकाशित मिति: : 2022-02-17 19:51:00

प्रतिकृया दिनुहोस्