बागमती प्रदेशसभा बैठक आगामी फागुन १६ गते बस्ने भएको छ।
बुधबार सभामुख सानुकुमार श्रेष्ठले सर्वदलीय बैठक आह्वान गरेका थिए। उक्त बैठकले प्रदेशसभा बैठक १६ फागुनमा राख्ने सहमति गरेको हो।
प्रदेशसभा बैठक बस्नुअघि फागुन १५ गते दिउँसो १ बजे पुनः सर्वदलीय बैठक राख्ने र १६ गते दिउँसो १ बजे संसद् बैठक बस्ने दलहरूबीच सहमति भएको छ।
प्रदेशसभाको बैठक पुस ८ गतेदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण बस्न सकेको छैन। संसद् बस्न नसक्दा सरकारले बनाउनुपर्ने ऐनलगायत महत्वपूर्ण काम गर्न सकेको छैन।