बन्दकर्ताको सिर्जनात्मक काम

दाङ बन्द गर्दै सडकमा निस्किएका बन्द कर्ताले सिर्जनात्मक कामसमेत गरेका छन्।

अमेरिकी सहयोग एमसीसीको विरुद्धमा विप्लव नेतृत्वको नेकपालगायतका ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले गरेको बन्दमा बन्दकर्ताले सिर्जनात्मक काम गर्दै घोराहीको घोराही चौकमा जेब्राक्रसलगायत ट्राफिक चिन्हको पेन्टिङ गरेका छन्।

साथै घोराही चौकमा बन्दकर्ताले सरसफाइसमेत गरेको विप्लव नेतृत्व नेकपा दाङले जनकारी दिएको छ।

यसैबीच एक दिनका लागि घोषणा गरिएको बन्द साँझ ५ बजेपछि खुलेको छ।

बन्द आह्वान गरेको पार्टीले गरेको कोणसभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य सविन पोख्रेलले एमसीसी कुनै पनि हालतमा पास हुन नहुने बताए। 

एमसीसी राष्ट्रका हितमा नभएको भन्दै उनले एमसीसी पास गर्ने चलखेल भइरहेको बताए।

प्रकाशित मिति: : 2022-02-16 18:13:00

प्रतिकृया दिनुहोस्