भन्सार छलि ल्याएका करिब साढे ८ लाखको औषधि बरामद   

file photo
file photo

झापाको कचनकवल गाउँपालिका–१ कुट्टिबाट भन्सार छलि ल्याएको करिब ८ लाख ४१ हजार ३ सय ९७ रुपैयाँ मूल्य बराबरका विभिन्न प्रकारका औषधीहरू प्रहरीले बरामद गरेको छ। 

अस्थायी प्रहरी चौकी कुट्टिबाट सोमबार खटिएको प्रहरी गस्ती टोलीलाई देख्नासाथ भारतबाट नेपालतर्फ आउँदै गरेका २ जना पुरुषले साथमा रहेको प्लाष्टिकका बोराहरू फाली फरार भएका थिए। 

प्रहरीले बोराहरू जाँच गर्दा विभिन्न औषधिहरू फेला पारी बरामद गरेको हो। बरामद औषधिहरू सम्बन्धित कार्यालयलाई बुझाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रकाशित मिति: : 2022-02-16 12:32:00

प्रतिकृया दिनुहोस्