अमेरिकी सहयोग एमसीसी नेपालको हितमा नभएको भन्दै विप्लव नेतृत्वको नेकपा लगायतका ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले गरेको नेपाल बन्दले नागरिकको जनजीवन प्रभावित भएको छ।
दाङमा बन्दले गर्दा लामो तथा छोटो दुरीका सवारी सधान सञ्चालन भएका छैनन् भने बजार पनि खुलेका छैनन् ।
बन्दकर्ता सडकमा चलेका सवारी सधान रोकिरहेका छन्। लामोदुरीका सवारी सधान पनि दाङमा आएर रोकिएका छन्। प्रहरी स्कटिङको व्यवस्था समेत भएको छैन।
पोखरबाट आएको बस तुलसीपुर पुग्नु पर्नेमा बन्दकर्ताले घोराहीमा रोकेर राखेको यात्रुहरु बताउँछन्।
आफूहरु तुलसीपुर जानु पर्ने भएपनि घोराहीमा रोकिएको यात्रुहरुको गुनासो छ। बस रोकिएको भएपनि केही समयपछि छाड्ने बन्दकर्ता भनेको बस चालकले बताए। साथै बन्दको समयमा अप्रिय घटना नहोस भनेर प्रहरीको पनि सडकमा उपस्थिति बढाइएको छ।