नेपाल कम्युनिष्ट पार्टीसहित ६ दल र दुई माेर्चाले आह्वान गरेकाे नेपाल बन्दका कारण अर्घाखाँचीमा यातायात र बजार ठप्प बनेका छन्।
सरकारले एमसिसी संसद्मा टेबल गर्ने तयारी गरेपछि सत्ता बाहिर रहेकामध्ये कम्युनिस्ट पार्टी र माेर्चाले बन्द आह्वान गरेका हुन्। बन्दका कारण अर्घाखाँचीबाट चल्ने छाेटाे तथा लामाे दूरीका सवारीसाधन सञ्चालनमा आएका छैनन्। बजार तथा उद्याेगधन्दा पूर्ण रुपमा बन्द छन्।
बन्दकर्ता सन्धिखर्क बजारका चाेकचाेकमा निस्किएका छन्।