ललितपुरको बाग्डोलमा सोमबार राति मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाईते भएका छन्।
मृत्यु हुनेमा मोटरसाईकल चालक बाँकेका ३० वर्षीय गणेश कुमार थारु रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा पाटन अस्पतालमा सोमबार राति साढे ११ बजे मृत्यु भएको हो।
मोटरसाईकलमा पछाडि सवार कैलालीका ३० वर्षिय ईन्द्र भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ।
गएराति साढे १० बजे बाग्मती प्रदेश ०२ ०३० प ९४८३ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडक छेउको रेलिङ्गमा ठोकिएको महानगरीय प्रहरी परीसर ललितपुरले जनाएको छ।