‘अपहरणको धम्की’ दिएको भन्दै मन्त्री आलेलाई बर्खास्त गर्न माग

File Photo
File Photo

गालीगलौजसहित मन्त्री आलेले दिए अपहरण गर्ने धम्‍की'

भाइरल' मन्त्री आलेलाई बर्खास्त गर्न एमाले नेता थापाको माग

'जनमुखी काम गरेपछि मन्त्री आलेविरुद्ध षड्यन्त्र भयाे'


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले विवादमा मुछिएका छन्। आलेले भारतमा रहेका भनिएका एक जना एमाले कार्यकतालाई  उठाउने (अपहरण) गर्ने धम्की दिए पछि चौतर्फी आलोचना भएको छ।

सामाजिक सञ्जालमा ‘जथाभावी प्रतिक्रिया’ लेखेको भन्दै आक्रोशित रहेका मन्त्री आलेले टेलिफोनमार्फत एक युवालाई ‘अपहरण’सम्मको धम्की दिएपछि चौतर्फी आलोचना भएको हो। मन्त्री आलेले धम्की दिँदै गरेको फोन वार्ता यतिखेर सामाजिक सञ्जालमा भाइरल भएपछि उनको सर्वत्रराजिनामाको माग उठेकाे छ।

एमाले नेता भीम रावलले, ‘पदीय मर्यादा, सामाजिक शिष्टता, नैतिकता र कानूनको समेत खिल्ली उडाउने मन्त्रीलाई प्रम देउवा र नेकपा (एस) का अध्यक्ष माधव नेपालले पदमा राखिरहनु हुन्छ भने उहाँहरूमाथि पनि जनताले गम्भीर प्रश्न उठाउनु पर्ने हुन्छ। हेरौं उहाँहरू जनता, समाज र कानूनप्रति कति जिम्मेवार हुनुहुँदो रहेछ ?’ 

एमालेकी सांसद शान्ता चौधरीले पनि आलेको  उक्त धम्कीको आलोचना गरेकी छिन्। ‘हद नाघेर अश्लिल बोल्ने आमालाई समेत जोडेर धावा बोल्ने प्रेम आलेलाई तुरुन्त बर्खास्त गर’ भन्दै सामाजिक सञ्जालवाट माग गरेकी छिन्। याे संवाद एमाले कार्यकर्ता जगत ओलीकाे फेसबुकबाट सार्वजनिक गरिएकाे छ।

प्रकाशित मिति: : 2022-02-15 10:30:00

प्रतिकृया दिनुहोस्