अमेरिकी पासपोर्टको विश्व रोल नम्बर ६ !

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

विश्वको एक मात्र महाशक्ति राष्ट्र अमेरिकाको पासपोर्ट विश्व वरियताक्रममा छैठौ स्थानमा रहेको छ। पासपोर्ट बरियता जारी गर्ने संगठन हेनली एन्ड पार्टनर्सले २०२२ का लागि जारी गरेको हेनली पासपोर्ट सूचीमा अमेरिकी पासपोर्टवाहकले १८६ देशमा अनअराइभल भिसा प्राप्त गर्ने आधारमा  अमेरिकालाई यो वरियता मिलेको हो । 
विश्वमा अन अराइभल भिसा (प्रवेश नाकामै दिइने भिसा) दिने राष्ट्रको संख्याको आधारमा कुनै पनि देशको पासपोर्टको वरियता हासिल हुन्छ।  भ्रमण गरिने देशको संख्याको आधारमा पासपोर्टको बरियता कायम हुन्छ। 

अमेरिकी पासपोर्टको विश्व रोल नम्बर ६ कायम भएको छ। २०२२ मा अमेरिकी पासपोर्ट बाहकले विश्वका १८६ देशमा अन अराइभल भिसा पाउँने भएपछि अमेरिकी पासपोर्टलाई यो वरियता मिलेको हो।

जापान र सिंगापुरका पासपोर्टबाहकले १९२ देशमा अन अराइभल भिसा प्राईत गर्छन् । यही संख्याका आधारमा उनीहरू संयुक्त रूपमा प्रथम बरियतामा रहेका छन् । १० देशका साथ जर्मनी र दक्षिण कोरिया दोस्रो स्थानमा, १८९ देशका साथ फिजल्याण्ड, लक्जेम्बवर्ग, स्पेन र इटली तेस्रो स्थानमा, १८८ देशका साथ अस्ट्रिया, डेनमार्क, फ्रान्स, नेदरल्यााण्ड्स र स्वेडेन चौथो स्थानमा छन् भने १८७ देशका साथ पोर्चुगल र आयरल्याण्ड पाँचौ स्थानमा छन् । १८६ देशका साथ अमेरिकासँगै छैठौ बरियतामा रहने देशमा बेल्जियम, युनाइटेड किङ्डम, नर्वे, न्यूजिल्याण्ड र स्विट्जरल्याण्ड रहेका छन् । 

 

प्रकाशित मिति: : 2022-02-15 06:05:00

प्रतिकृया दिनुहोस्