झापाका पत्रकारलाई हात काटिदिने धम्की

झापा गौरीगञ्जका पत्रकार मदन राजवंशीलाई हात काटिदिने धम्की आएको छ। 

गौरीगञ्जका ९ सहित ११ जना युवाहरुलाई भिजिट भिसामा दुबई पठाएर अलपत्र पारेको समाचार प्रकाशन गरेको भन्दै राजवंशीलाई यस्तो धम्की आएको हो।

पत्रकार राजवंशीले भिजिट भिसामा दुबई पठाउने सञ्जय महतोले समाचार लेख्ने पत्रकारलाई हात काटिदिने धम्की दिएको हो।

समाचार लेख्ने गौरीगञ्ज दर्पण डटकमका सम्पादक राजवंशीलाई दिउँसो ४ बजे फोन गरेर महतोले धम्की दिएका हुन्।

फोनमा उनले प्रहरी कार्यालयमा कागज गरिसकेपछि पनि किन समाचार लेखेको भनि धम्क्याएका पत्रकार राजवंशीले जानकारी दिएका छन् ।

प्रकाशित मिति: : 2022-02-14 21:03:00

प्रतिकृया दिनुहोस्