जुम्लामा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्ध विरोध प्रदर्शन गरेको छ।
नेकपा एकिकृत समाजवादी पार्टीको देशभर एमसीसीविरुद्धको आन्दोलनको कार्यक्रम तय भए अनुसार जुम्लामा पनि विरोध प्रदर्शन गरिएको हो।
नेकपा एकीकृत समाजवादी पार्टी जुम्ला र पार्टी निकट युवा संघ नेपाल, अनेरास्ववियू र समाजवादी प्रेस संगठनले एमसीसी सम्बन्धी सम्झौता अघि नबढाउन दबाब दिँदै प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागीले 'एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन, राष्ट्रघाती एमसिसी खारेज गर' जस्ता नारा लगाएका थिए।
नेकपा एकिकृत समाजवादीले एमसीसी खारेज हुनुपर्ने माग गरेको छ।
युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज हरिकृष्ण थापाले राष्ट्रघाती एमसिसी नेपाललाई आवश्यक नभएको बताए।
उनले भने 'अनुदानका नाममा देशलाई अहित हने खालका कुनै पनि सन्धी सम्झौता गर्न आवश्यक छैन।'
नेकपा एकीकृत समाजवादी पार्टी जुम्लाका जिल्ला कमिटी सचिलालय सदस्य टेकप्रसाद धिताल र प्रदेश कमिटी सदस्य तथा अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य नारायणी चौलागाईले देशलाई हित नहुने एमसीसी जस्तो घातक सम्झौता गर्न नहुने बताएका छन्।