[अपडेट] प्युठान जीप दुर्घटना : मृतक ८ जनाकै सनाखत, बेहुला-बेहुली घाइते

Symbolic photo
Symbolic photo

प्युठानमा जीप दुर्घटनामा परी मृत्यु हुने सात जनाको पहिचाहन खुलेको छ।

दुर्घटनामा परेर गोमुखी गाउँपालिका वडा नम्बर ६ का ३९ वर्षीय बसन्त खड्का, सोही ठाउँकै ११ वर्षीया बालिका एलिसा खड्का, ४० वर्षीया बसन्ती खड्का, २९ वर्षीया केशरी खड्का, ५० वर्षीय चालक बलबहादुर बुढाको मृत्यु भएको प्युठान प्रहरीले जनाएको छ।

यस्तै दुर्घटनामा परी गोमुखी-६ कै ३२ वर्षीय खिमबहादुर खत्री, ५२ वर्षीया नन्दी खडक र २२ वर्षीया विपना जिसीको मृत्यु भएको छ।

नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको वडा नम्बर ६ लिवाङ जाँदै गरेको जीप ओखरपाटामा दुर्घटनामा हुँदा ६ जनाको घटनास्थलमै र २ जनाको जिल्ला अस्पताल प्युठानमा उपचारको क्रममा मृत्यु भएको हो।

मृत्यु हुनेमा ५ महिला र तीन पुरुष रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी इन्सपेक्टर देविप्रसाद गैरेले जानकारी दिए।

ग १ ज ५०९२ नम्बर को जीप शनिबार बिहान तीन बजेतिर दुर्घटनामा परेको हो। साँघुरो बाटो, वर्षातका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ।

दुर्घटनामा बेहुला-बेहुलीसहित ५ जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा नौबहीनी गाउँपालिका वडा नम्बर ६ की बेहुली २१ वर्षीया रिमा जिसी र गौमुखी गाउँपालिका वडा नम्बर-६ का २५ वर्षीय बेहुला दानबहादुर खड्का गम्भीर घाइते भएका छन्।

यस्तै नौबहिनी-६ का २५ वर्षीया साबित्रा जिसी, गौमुखी-६ की २१ वर्षीय हरि बुढामगर र सोही ठाउँकै १७ वर्षीय नरेश खड्का गम्भीर घाइते भएको सुचना अधिकारी गैरेले जानकारी दिए।

उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको छ। जीप सडक देखि ३०० मिटर तल खोल्सामा खसेको थियो।

प्रकाशित मिति: : 2022-02-05 11:41:00

प्रतिकृया दिनुहोस्