हमासले छाड्यो थप ८ बन्धक, बढ्यो विपिन जोशी छुट्ने सम्भावना पनि

तस्बिरः रासस/एएफपी
तस्बिरः रासस/एएफपी

गाजास्थित हमास समूहले थप ८ बन्धकलाई छाडेको छ। 

बिहीबार बेलुकी हमासले एकैदिन ८ जनालाई बन्धकमुक्त गरेको थियो। योसँगै हमासको बन्धकबाट मुक्त हुनेको संख्या १५ पुगेको छ।

तर हमासले नेपाली नागरिक विपिन जोशीलाई छाडेको छैन। 

बिहीबार बन्धकमुक्त हुनेहरूमा तीन जना इसराइली र पाँच जना थाइल्याण्डका नागरिक छन्।

सट्टामा इजरायलले पनि बिहीबार साँझ ११० जना प्यालेस्टिनीलाई जेलमुक्त गरेको छ।

इजरायल र प्यालेस्टिनी हमास समूहबीच जनवरी १९ देखि युद्धविराम भएको छ। त्यसयता दुवै पक्षले आआफ्ना नियन्त्रणमा रहेका मानिसलाई सट्टाका रूपमा मुक्त गरिरहेका हुन्। 

युद्धविराम सम्झौताअनुसार हमास समूहले ६ साताभित्र आफ्नो नियन्त्रणमा रहेका ३३ जनालाई छाड्नुपर्नेछ। 

अब चौथो चरणमा विपिन जोशी पनि छुट्ने अपेक्षा रहेको जनाइएको छ। 

प्रकाशित मिति: : 2025-01-31 11:39:00

प्रतिकृया दिनुहोस्