म्यान्मारको द्वन्द्वग्रस्त सगाइँक्षेत्रमा सरकारी सेनाले दुईवटा गाउँमा आगो लगाउँदा सयौं घर ध्वस्त भएका छन्।
पूरै गाउँभर साेमबार दन्किएकाे आगोले चार सयभन्दा बढी घर जलेर खरानी भएकाे एक गाेर्खा अधिकारीले बिएल नेपाली सेवालाई जानकारी दिएका छन्।
सरकार–विरोधी लडाकूहरूूलाई आश्रय दिएकाे आरोपमा सैन्य जुन्ता सरकारका सेनाहरूले घर–घर पुगेर आगो लगाएकाे स्थानीयहरूकाे गुनासाे छ।