
न्याय परिषद्ले सर्वोच्च अदालतमा तीन न्यायाधीश सिफारिस गरेको छ।
मंगलबार न्याय परिषदले सर्वोच्चका लागि वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालतका मुख्य न्यायाधीशद्वय श्रीकान्त पौडेल र शान्ति सिंह थापालाई सिफारिस गरेको हो।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षमा मंगलबार बसेको न्याय परिषद्को बैठकले यो निर्णय गरेको हो।
अब संसदीय सुनुवाइपछि राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्नेछन्।
000
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ।
मंगलबार सिंहदरबारमा बसेको समिति बैठकले उक्त विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो।
नागरिकता बिहिन हुने अवस्था अन्त्यका लागि सरकारले उक्त विधेयक पारित गरेकाे सभापति रामहरि खतिवडाकाे भनाइ थियाे।
000
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका सांसद दीपेन्द्रकुमार ठाकुरसहित १७ जनाविरूद्ध भष्टाचारको मुद्दा दायर गरेकाे छ।
औरही गाउँपालिकाको १५ शय्या अस्पताल भवन निर्माणमा अनियमितताको आरोपमा ठाकुरसहित १७ जनाविरूद्ध अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
६ करोड ७९ लाख १२ हजार ३ सय तिरासी विगोसहित मुद्दा दायर गरिएको विशेष अदालतको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।
000
टोखामा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली चलाएको छ।
मंगलबार दिउँसो काठमाडौंको टोखामा लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाउँदा दुई जना घाइते भएका छन्।
ब्यूरोका प्रवक्ता जनकबहादुर शाहीका अनुसार उनीहरूले रडले प्रहार गरेपछि प्रहरीले गोली चलाएको हो।
पक्राउ परेका उनीहरूकाे साथबाट करिब २ सय ग्राम ब्राउन सुगर बरामद गरिएकाे छ।
000
त्रिभुवन विश्वविद्यालयमा तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दिक्पाल कार्की रहेका छन्। उनलाई मंगलबार धुन्चेपाखा सानोठिमी, भक्तपुरबाट पक्राउ गरिएको हाे।
उनीसहित नेपाल विद्यार्थी संघ (नेविसंघ)को एउटा समूहले १४ जेठमा उपकुलपति खड्ग केसीको कार्यकक्षमा तोडफोड गरेको थियो भने रेक्टरको कार्यालयमा तालबन्दी गरेको थियो।
त्रिवि प्रशासनले तोडफोड गर्नेलाई कारबाही गर्न सरकारसँग माग गरेको थियो।
000
यूके पठाइदिन्छु भन्दै ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ।
पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–१० घर भएका ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषाको सबैला नगरपालिका–१२ घर भएका ४७ वर्षीय अरुणराज शर्मा रहेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई
कोटेश्वरस्थित नरेफाँटबाट २५ जेठमा पक्राउ गरेकाे हाे।
पक्राउ परेका उनीहरूले रोजगारीको लागि बेलायत पठाइदिन्छौँ भन्दै ३८ जनाबाट ११ करोड ६ लाख ९७ हजार रुपैयाँ ठगी गरेको आरोप छ।
000
रेमिट्यान्स आप्रवाहमा नयाँ रेकर्ड कायम भएको छ।
बैशाख महिनामा भित्रिएको रेमिट्यान्स रकमले ऐतिहासिक रेकर्ड कायम गरेको हो।
यो महिना १ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्याङ्क छ।
चैत मसान्तसम्म नेपालमा ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। बैशाख मसान्तसम्म आइपुग्दा यो रकम १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ पुगेको हो।
यो अवधिमा भित्रिएको रेमिट्यान्स अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा १६.९ प्रतिशतले बढी रहेको राष्ट्र बैंकले जनाएको छ।
000
नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुमा सहमति नजुटेपछि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ।
अध्यक्ष, उपाध्यक्ष र महासचिवको नाम प्रस्ताव गरेलगत्तै असन्तुष्टकहरूले नाराबाजी गरेका थिए।
निर्वाचन प्रक्रियामा जानुपर्ने भन्दै होहल्ला भएपछि निर्वाचन समितिले तालिका सार्वजनिक गरेको हो।
कार्यतालिकाअनुसार भोलि बिहान १० बजेदेखि ५ बजेसम्म मतदान हुनेछ।
१ .
२ .
३ .
४ .
५ .