झापामा बढी जनसङ्ख्या मेचीनगरमा

file photo
file photo

राष्ट्रिय जनगणना २०७८ अनुसार झापाको १५ पालिकामध्ये जिल्लाको सबैभन्दा बढी जनसङ्ख्या रहेको मेचीनगर नगरपालिका भएको छ ।

 मेचीनगरको जनसङ्ख्या एक लाख ३१ हजार ५२० भएको छ । त्यसपछि विर्तामोड र दमकको जनसङ्ख्या बढी छ ।विर्तामोडको एक लाख १७ हजार ३५५ र दमकको एक लाख सात हजार ४१० रहेको छ।सबैभन्दा सानो पालिका हल्दिबारी हो जसको जनसङ्ख्या ३३ हजार ५४ रहेको छ । बुधबार सार्वजनिक भएको जनगणना रिपोर्ट अनुसार अर्जुनधारा ८४,४२९, बाह्रदशी ३७,९१६, भद्रपुर ७०,८२३, बुद्धशान्ति ५२,९११ गौरादह ६०,५९८, गौरीगञ्ज ३६,०५८, हल्दिबारी ३३,०५४, झापा ३९,३७२, कचनाकबल ३९,३७२, कमल ५३,७१०० कनकाई ५३,०८८ र शिवसताक्षी ७३,४६० रहेको छ।
 नयाँ जनगणना २०७८ अनुसार झापाको जनसङ्ख्या ९ लाख ९४ हजार ९० रहेको छ।जसमा महिला पाँच लाख १६ हजार ५९४ र पुरुष चार लाख ७७ हजार ४९६ रहेको छ।

प्रकाशित मिति: : 2022-01-27 11:53:00

प्रतिकृया दिनुहोस्