केसी दम्पतीको ठगी धन्दा : अमेरिकाको सपना देखाएर जार्कतामै ७ महिना बन्दक 

Breaknlinks
Breaknlinks

काठमाडौंका ‘राजन’ (नाम परिर्वतन) २०१९ जनावरी २५ मा भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अमेरिकाका लागि उडे।

दाङकाे तुल्सीपुर उपमहानगरपालिका १९ घर भई हाल काठमाडौंमा बस्दै आएका मुक्ति नारायण केसी र उनकी श्रीमती सुधा देवकोटाले राजनलाई अमेरिका पुर्‍याइदिने भन्दै काठमाडौंबाट उडाएका थिए।

अमेरिकासम्म पुर्‍याए बापत राजनले केसी दम्पतीलाई २७ लाख रुयैयाँ दिने सर्त भएको थियो। साेहीअनुसार राजनले उड्नु अगावै १९ लाख रकम दिइसकेका थिए। केसी दम्पतीले राजनलाई इन्डोनेसियाको बाली, जार्कता, बोलीभिया हुँदै अमेरिका पुग्ने आश्वासन दिएका थिए।



यी भाइ जसले 'नाङ्गो' फोटो देखाएर दिदीलाई लुटिरहे

सँगै बाच्ने सँगै मर्ने भनी कसम खाएकाे नाता जब टुट्छ अनि दिइन्छ ‘हत्या’ सुपारी 



उनीहरुले त्यही अनुसार राजनलाई जार्कतासम्म पुर्‍याए। जार्कतामा विमानस्थलमा सेटिङ बिग्रिएको बहाना गर्दै केसी दम्पतीले राजनलाई अब इथोपिया, मेक्सीको हुँदै अमेरिका जाने भने। त्यसका लागि केही सेटिङ मिलाउन भन्दै राजनलाई एक कोठामा राखे।

केसी दम्पतीले ‘आजभोलि’ भन्दै साडे तीन महिनासम्म त्यही कोटामा बन्दक जस्तै बनाएर राखे। राजनले केसी दम्पतीलाई नेपाल फर्काइदिन अनुरोध गरे। केसी दम्पतीले वास्तै नगरेपछि राजन परिवारको सहयोगमा नेपाल आए।

त्यसैगरी अर्को युवालाई पनि केसी दम्पतीले १५ लाख रकम लिएर अमेरिका लैजाने भन्दै काठमाडौंको स्वयम्भूबाट बस चढाएर भारतको राजधानी नयाँ दिल्ली पुर्‍याए।

उनले राजनलाई जस्तै गरी ती युवालाई पनि २ महिनासम्म दिल्लीमै राखे। पछि फेरि भारतबाट ढियो भयो, अब नेपालबाटै जाने भन्दै नेपाल ल्याए।त्यसपछि ती युवालाई इन्डोनेसिया हुँदै जार्कता पुर्‍याएर एकै ठाँउमा ७ महिनासम्म राखे। उनलाई त्यहाँ खान बस्न हम्मेहम्मे भएकै बेला जार्कता प्रहरीले उनलाई नियन्त्रणमा लियो र १४ दिन जेलमा राखी नेपाल पठाइदियो।



बाफ्रे ! प्रहरीकाे भन्दा पकेटमारहरूकाे 'कोडवर्ड' बलियाे, यस्ताे छ 'सीम्बाेल'

चार वर्ष ‘अफेयर’ चलाएर प्रेमिकालाई लुट्नु लुटे, अन्तिममा भारतीय नागरिकलाई सुम्पे



केसी दम्पतीले ठगी गरेका यी २ त एक उदारणका घटना मात्र हुन्। यसरी केसी दम्पतीले दर्जनौं युवायुवतीलाई अमेरिका पठाइदिने भन्दै रकम ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

पीडितको उजुरीका आधारमा नेपाल प्रहरीको मानव बेचविखन ब्यूराले श्रीमती सुधा देवकोटालाई गत मंसिर २८ गते काठमाडौंबाट पक्राउ गरी अदालतमा पेस गरेको थियो।

जिल्ला अदालत काठमाडौंले देवकोटालाई पुर्पक्षका लागि जेल चलान गरेको छ भने उनका पति मुक्ति नारायण फरार रहेका छन्। प्रहरीका अनुसार मुक्ति नारायणका नाममा यस्तै ठगीका अन्य उजुरीहरू पनि छन्।

‘मुक्ति नारायण केसीबाट ठगिएका धेरै छन्’, ब्यूरोको प्रमुख  एसएसपी दुर्गा सिंहले बिएल नेपाली सेवासँग भनिन्, ‘फरार केही विरुद्ध धेरै उजुरी छन्, फरार केसीको खोजी भइरहेको छ।’

केसी दम्पतीले नै धेरै नेपाली युवायुवतीलाई अमेरिका लैजाने भन्दै विभिन्न देशमा लगेर अलपत्र पार्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।



एक नाबालिकाको अभियुक्त पहिचान गर्ने यस्तो 'ट्रिक' : जसले प्रहरी नै चकित

प्रेमीकै योजनामा २५ जना मिलेर सामूहिक बलात्कार



केसी दम्पतीले बिचल्ली बनाएका केही पीडितहरु नेपाल आएर प्रहरीमा उजुरी गरेपनि धेरैजसो पीडितहरु विभिन्न देशमै अलपत्र अवस्थामा रहेको ब्यूरोको अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार उनीहरुले प्रतिव्यक्ति २७ लाखका दरले रकम उठाउँदै आएका थिए।

उनीहरुले केहीलाई नेपालको विमानस्थल हुँदै इन्डोनेसिया, जार्कता, बोलिभिया पुर्‍याएर अलपत्र पार्ने गरेका थिए। केहीलाई भने भारतको राजधानी नयाँ दिल्ली पुर्‍याएर अलपत्र पार्ने गरेका थिए।

प्रकाशित मिति: : 2022-01-13 19:40:00

प्रतिकृया दिनुहोस्